नारायणगढमा वेडिङ एक्स्पो हुने

चितवन, १९ चैत्र । दाताज इभेन्ट्सले भरतपुरको होटल सिराइचुलीमा विवाह मेला (वेडिङ एक्स्पो) आयोजना गर्ने भएको छ । आइतबार इभेन्ट्सले पत्रकार सम्मेलन गरी यस्तो मेला गर्न लागेको जानकारी दिएको हो । दाताज ईभेन्ट्सले २०७६ सालमा नेपालमा नै पहिलोपटक नारायणी किनारमा विवाह मेला (वेडिङ एक्स्पो) आयोजना गरेको थियो । अहिले दोस्रोपटक मेला आयोजना गर्न लागेको हो । मेला चैत्र २३ गतेदेखी २५ गतेसम्म सन्चालन हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै दाताज इभेन्ट्सका अध्यक्ष दाताराम घिमिरेले पहिलोपटक आयोजना गरेको मेलाबाट उत्साह प्राप्त गरेपछि पुनः मेला सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
मेलामा विवाहका लागि आवश्यक पर्ने विवाह मण्डप, स्टेज व्युटिसियन, फूल सजावटदेखि रहेक चिजको स्टलहरु रहने उहाँले जानकारी दिनुभयो । विवाहमा चाहिने सामाग्रीको जानकारी दिने हिसाबले मेला आयोजना गरिएको उहाँको भनाई थियो । अवलोकनका लागि आउने ग्राहक १/२ जनाको लागि उपहार पनि प्रदान गरिने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यहा आएर बुक गर्नेहरुको लागि विशेष डिस्काउण्ट पनि गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।
३० वटासम्म स्टल रहने मेलामा ५ हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया