गुल्मीमा एकल पुरुषलाई भत्ता दिइने

गुल्मी, २१ चैत । गुल्मीमा अब एकल पुरुषलाई भत्ता दिइने भएको छ । जिल्लाको इस्मा गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताबापत १०० रुपैँया दिने भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरका अनुसार पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।
हालसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको छ ।
तपाइँको प्रतिक्रिया