सुनको मुल्य बढयो, कति पुग्यो तोलामा ?

काठमाडौँ, २१ चैत्र । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। यसअघिका दुई दिन निरन्तर घटेको सुनको मूल्य साताको तेस्रो कारोबार दिन मंगलबार भने तोलामा १ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो। यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो।
तपाइँको प्रतिक्रिया