सौराहामा अज्ञात व्यक्तिले हात्तीको सुँड छिनाए

चितवन, २२ चैत्र । चितवनको सौराहामा एक निजी हात्तीको सुँड काटिएको छ। हात्तिका मालिक दिपक खतिवडाका अनुसार गएराति ११ बजेको समयमा अज्ञात समुहले चनचलकली नामक हात्तीको सुँड छिनाएका हुन् ।
हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो। हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सुँड काटिएको अवस्थामा भेटिएको खतिवडाले बताए।
हात्ती रेखदेख गर्ने समुहबाट नै यस्तो हुन सक्ने अनुमान छ । राती नै डाक्टर बोलाएर प्राथमिक उपचार गरेको मालिक खतिवडाले बताए।
तपाइँको प्रतिक्रिया