शिक्षकद्वारा एसइई दिन होस्टल बसेकी छात्रा बलात्कृत, शिक्षक फरार

दाङ, २२ चैत्र । दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा एसईईको परीक्षा तयारी गरिरहेकी एक छात्राले आफूलाई जबरजस्ति करणी गरेको भन्दै प्रहरीमा उजुरी दिइकी हुन् ।
जाहेरीमा सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूलाई जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
प्रहरीसामू ती पीडित छात्राले सबै बसेर परीक्षाको तयारी गरिरहेका क्रममा शिक्षकले काम छ भन्दै बाहिर बोलाएर भवनको भर्याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएकी छन् ।
आरोपित शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए ।
उनी सोही विद्यालयका प्रावि शिक्षक भएको पीडितले बताएकी छन् । हाल शिक्षक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया