गैँडाकोट बचाऔँ अभियान संघर्ष समितिले बुझाए सिंचाई विभाग र नगरपालिकामा ध्यानाकर्षणपत्र

गैँडाकोट, २२ चैत्र ।
गैँडाकोट बचाऔँ अभियान संघर्ष समितिले उर्जा जलस्रोत तथा भरतपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन् । विभागले नारायणी नदीको भतरपुर तर्फको भागसंगै गैँडाकोटतर्फ पनि तटबन्धको काम अगाडी बन्ने भनेर आश्वासन मात्र देखाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अहिले भरतपुरतर्फ निर्माण कार्य भइरहरदा यतातिर डिपिआर समेत तयार नभएको उनीहरुको गुनासो छ । ध्यानाकर्षण पत्र बुझाउँदै गैँडाकोट बचाऔँ अभियान संघर्ष समितिका संयोजक गोकुल सापकोटाले भरतपुरतर्फको पुल माथिको दिशामा एकतर्फी निमार्ण कार्य भइरहेकोले यसले वर्षा याममा गैँडाकोट क्षेत्रलाई असर गर्ने बताउनुभयो । दुबैपट्टिको सहमतीमा मात्र निर्माण कार्य अघि बढाउने भन्दै उहाँले कामलाई तत्काल रोक्न आग्रह समेत गर्नुभयो ।
गैँडाकोट नगरपालिकामा पनि बुझाए पत्र
सिंचाई विभागसंगै संघर्ष समितीको टोलीले गैँडाकोट नगरपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपलिकाले जनतालाई प्रत्यक्ष नोक्सान हुने कार्यलाई रोक्न नसकेको भन्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नारायणी नदीको किनार तटबन्धको काम, प्रत्येक वर्ष डुवानमा पर्दै आएका नगरपालिका भित्रका केही वडाहरुप्रति चासो नभएको, पुर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाई, दमकलको व्यवस्थापन र भृकुटी कागज कारखानाको विषयमा यथाशिघ्र पहल गर्नुपर्ने उनीहरुको भनाई छ । पत्र बुझ्दै उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाले यी विषयलाई चासोका साथ हेरेको बताउनुभयो ।
गैँडाकोट बचाऔँ अभियान संघर्ष समितिका संयोजक गोकुल सापकोटाको संयोजकत्वमा नेकपा एमाले गैँडाकोट नगरपालिकाका अध्यक्ष षडानन्द लामिछाने, नेपाली कांग्रेस गैँडाकोटका अध्यक्ष बद्री सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल घिमिरे, माओवादीका शुदर्शन पोख्रेल, गैडाकोट खेलकुद समितीका अध्यक्ष लक्ष्मण कार्की, लगायत राजनीतिक दलहरुको टोलीले मागहरुको वेवास्ता गरे चरणवद्ध आन्दोलन गरिने समेत बताएका छन् ।
तपाइँको प्रतिक्रिया