महावीर पुनसँग सरकारले सुरू गर्यो वार्ता

काठमाडौँ, १७ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ । आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका पुनसहित उनको टोलीसँग सरकारले वार्ता सुरू गरेको हो।
उपप्रधानमन्त्री, रक्षामन्त्री तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा वार्ता भएको छ।
‘पुन र उहाँको टोलीसँग उपप्रधानमन्त्रीज्यूले वार्ता गरिरहनुभएको छ,’ रक्षा मन्त्रालय स्रोतले भन्यो।
तपाइँको प्रतिक्रिया