फुकुओका नेपाल सोसाइटीको आयोजनामा तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर हुँदै

तनहुँ, १७ वैशाख । फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका १ स्थित किहुँमा शिविर सञ्चालन गर्न लागेकोे सोसाइटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो ।
ग्रामिण भेगका मानिसहरुले स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरु आईरहेकाले ती समस्याहरुको केही मात्रामा भएपनि समाधान गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको संयोजक सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार शिविरमा डा. कृष्ण राज अधिकारी, डा. नविन कुमार श्रेष्ठ, डा. मेघराज लामिछाने, डा. सन्तोष बराल, डा. राज गुरुङ , डा. रुपचन्द्र विश्वकर्मा, डा. राम खड्का लगायतका चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुनेछ ।
शिविरमा पेट, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, नसारोग,, स्त्री तथा प्रसुती रोग, सम्बन्धी सम्पुर्ण परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त शिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने कार्यक्रम संयोजक सिग्देलले जानकारी दिनुभयो । फुकुओका नेपाल सोसाइटीको आयोजना, तनहुँ सामाज जापानको सहआयोजना, भिमाद नगरपालिका वडा नम्बर १ को सहकार्य र तनहुँ सेवा हस्पिटलको प्राविधीक सहयोगमा भिमाद नगरपालिका १ किहुँ स्थित श्री सिद्धार्थ माध्यामीक विद्यालयको प्रांगणमा शिविर सञ्चालन हुँनेछ ।
सन १९९५ सालमा स्थापना भएको यस सोसाइटीले नेपालमा यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस सोसाइटीले यस अगाडी पर्वतमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नेपालका अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम गर्दै जाने सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो । अध्यक्ष सिग्देलका अनुसार २०७२ सालको भुकम्पको बेला पनि यस सोसाइटीले नेपालमा धेरै सहयोग गरेको थियो ।
तपाइँको प्रतिक्रिया