गैँडाकोटमा सरकारविरुद्ध नागरिकको रिले अनसन

गैँडाकोट, १७ वैशाख । सरकारले नागरिकका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै गैँडाकोटका नागरिकले शनिबारदेखि रिले अनसन सुरु गरेका छन् । नागरिकले मुख्यतयाः दुई वटा माग राखेर अनसन सुरु गरेका हुन् ।
भ्रष्टाचारको मुद्दा दर्तामा ५ वर्ष म्यादको प्रावधान राख्ने र अयोग्य लडाकुलाई प्रति व्यक्ति २ लाखको दरले राज्यको ढुकुटीबाट रकम वितरण गर्ने विधयक तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ । अनसनरत गोकुल सापकोटाले संसार २१ औँ शताब्दीमा अगाडि बढिरहदा नेपाली नागरिक यो देशमा भ्रष्टचार नगर, आफ्नो कार्यकर्तालाई पैसा नबाँड भनेर अनशन बस्नु परेको बताउनुभयो ।
सरकारले कार्यबिधि खारेज नगरेसम्म अनसन नरोक्ने समेत समेत उहाँको भनाई थियो । बेथिती, भ्रष्टाचार विरुद्ध लाग्ने जो कोहि यस रिले अनसनमा सहभागि हुन सक्ने जनाइएको छ ।
तपाइँको प्रतिक्रिया