रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन : प्रचण्ड

चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिनेमा आफुृ ढुक्क रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो ।
उहाँले रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको पनि बताउनुभयो। सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए ।
रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन।”
तपाइँको प्रतिक्रिया