नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

काठमाडौं, १९ वैशाख । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ुएुमा तथा समूह ुबीुमा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
मंगलबारबाट सुरु भएको फाइनल खेल वर्षापछि रोकिएर बुधबार पुनः सुरु भएको हो । जसमा यूएईले ११८ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पुरा गर्न ब्याटिङ थालेको नेपालले ३०।३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।
प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।
तपाइँको प्रतिक्रिया