पश्चिम नवलपरासीका सीमा नाका दुई दिनका लागि बन्द हुने

गैँडाकोट, २० वैशाख । पश्चिम नवलपरासीसंग सिमानाका जोडिएको भारतिय नाका दुई दिनका लागि बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेस महाराजगन्ज जिल्लामा हुन लागेको स्थानीय निर्बाचन लाई लक्षित गरेर मंगलबार बेलुका ६ बजे देखि बिहिवार साझ ६ बजे सम्मको लागि सिमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रशासकीय अधिकृत पुनाराम पौडेलले सुचना जारी गर्दै अत्यावश्यक सवारी , तेस्रो मुलुकबाट आएका पर्यटक बाहेक अन्य आवागमन बन्द गरिएको जनाएको छ । स्थानीय निर्बाचन लाई लक्षित गरेर दुबै मुलुकले सिमानाकामा सुरक्षा तैनाथी पनि बढाइएको छ ।
तपाइँको प्रतिक्रिया