एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौं, २१ वैशाख । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले रायमाझीलाई नक्कली भूटानी सरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा सामेल देखिएपछि पक्राउ पूर्जी जारी गरेको थियो ।
बुधबार नै प्रहरीले उनका छोरा सन्दीपलाई पनि पक्राउ गरिसकेको छ ।
सोही प्रकरणमा सामेल देखिएका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्द पनि पक्राउ पूर्जी जारी गरि खोजी जारी राखिएको छ । तर उनी पक्राउ पर्न सकेका छैनन् ।
यस्तैगरी सोही प्रकरणमा सचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया