फेरी बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

काठमाडौं, २१ वैशाख । विहीबार सुनको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ ।
साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।
तपाइँको प्रतिक्रिया