टोपबहादुर रायमाझी सम्पर्कविहीन

काठमाडौं, २२ वैशाख । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम भन्दै असुली गरेको गिरोहसँग साँठगाँठ देखिएपछि उनी अहिले प्रहरीको खोजी सूचीमा छन् ।
बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे उनीसँगै थिए ।
स्रोतका अनुसार अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनी हिँडेका पूर्वमन्त्रीसमेत रहेका रायमाझी मोबाइल फोन गरेर सम्पर्कविहीन भएका छन् ।
तपाइँको प्रतिक्रिया