नवलपुर कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टी

गैँडाकोट, ११ माघ । नवलपुरमा पछिल्लो २४ घन्टामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित मध्ये सबैभन्दा बढी गैडाकोट नगरपालिकामा ३२ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा १० जना, मध्यविन्दु नगरपालिकामा ७ जना, देवचुली नगरपालिकामा ९ जना, विनयीत्रिवेणी गाउँपालिकामा २ जना, हुप्सेकोट गाउँपालिकामा ५ जना, बुलिङ्गटार गाउँपालिकामा २ जना र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा ५ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या ४९५ पुगेको छ ।
तपाइँको प्रतिक्रिया