व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस् : बालकृष्ण खाण

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफ्नो चरित्र हत्या भएको बताएका छन् । पूर्व गृहमन्त्री समेत रहेका खाँडले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका हुन् ।
विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ । सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् ।
तपाइँको प्रतिक्रिया