‘घडियाल काव्य उत्सव–२०८०’ दोस्रो दिन संरक्षणमुखी कविता वाचन हुँदै

गैँडाकोट, २३ वैशाख । हेप्पी एफएमको आयोजनामा पूर्वी नवलपरासीमा ‘घडियाल काव्य उत्सव–२०८०’ सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उत्सवको शुक्रबार संघीय सांसद प्रा.डा.शशाङ्क कोइरालाद्वारा उद्घाटन गरिएको हो । आज (शनिवार) दोस्रो दिन उत्सवमा विभिन्न कवि कवियत्रीहरूबाट संरक्षण मुखी कविता वाचन भइरहेको छ ।
नारायणी लगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कट पर्दै गए पछि यसको संरक्षणमा चासो बढ्दै गएको छ ।संकटापन्न जीव गोही संरक्षणमा सचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल उत्सव सुरु भएको हो।
आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदै छ ।
एफएमले विसं २०७५ सालमा पहिलो पटक घडियाल उत्सवको आयोजना गरेको थियो ।
तपाइँको प्रतिक्रिया