हामी कसैको दबाबमा पर्दैनौँ, कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ : प्रचण्ड

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु कसैको दवावमा नपर्ने बताएका छन् । । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका छन् । शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका हुन् ।
भेटपछि आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए । उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।
तपाइँको प्रतिक्रिया