टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न : ओली

काठमाडौँ, २३ वैशाख । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका थिए । भेटपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दे ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।
उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।
तपाइँको प्रतिक्रिया