नेपाली नागरिकता लिएका १० भारतीय पक्राउ

काठमाडौँ, २४ वैशाख । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया