गैँडाकोटमा प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता आयोजना हुँने

गैँडाकोट, २४ वैशाख । गैँडाकोट नगरपालिका २ मा प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । एसपीएम कलेज स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा वैैशाख २८ गतेदेखि जेष्ठ ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आइतबार कलेज परिसरमा पत्रकार सम्मेलन गरि स्वतन्त्र विद्यार्थी यूनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेले भलिवल प्रतियोगिता सञ्चालनबारे जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल २२ वटा समूहले सहभागिता जनाउनेछन् । प्रतियोगितामा छिमेकी जिल्ला चितवनले पनि सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।
सभापति न्यौपानेका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार ५५५ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र रहेको छ भने द्धितिय पुरस्कार ३० हजार ३३३ रुपैँया शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।
तपाइँको प्रतिक्रिया