प्रधानमन्त्रीले माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्नुपर्यो : राजेन्द्र लिङ्देन

काठमाडौं, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
आइतबार राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताउनुभयो ।
यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रस्ट्याउनुभयो । माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न उहाँले आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया