लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका कर्ण गुरुङ निर्वाचित

पोखरा, २४ वैशाख । लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा कास्कीका कर्ण गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार कास्कीको घाचोक गाउँमा भएको प्रथम प्रादेशिक अधिबेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यस्तै अधिवेशनबाट प्रदेश समितीको वरिष्ठ उपाध्यक्षमा कास्कीकै पबित्रा गुरुङ, उपाध्यक्षमा कास्कीका टेक बहादुर गुरुङ, मुख्य सचिबमा लमजुङका अर्जुन गुरुङ, सचिबमा स्याङ्जाकी बिष्णु माया गुरुङ, सह सचिबमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेम बहादुर गुरुङ र सद्स्यहरुमा पर्वतका दर्शन घले, कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेबि गुरुङ, जगत बहादुर गुरुङ तनहुँका देबेन्द्रजङ गुरुङ, मिन बहादुर गुरुङ, लमजुङका दुर्गा ब गुरुङ, गोबिन्द कुमारि गुरुङ, गोर्खाका उत्तम ब गुरुङ र मुस्ताङका मन्जु गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिब एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो भने गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्रि खगराज अधिकारिको प्रमुख आतिथ्यतामा बन्द सत्र सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सद्स्य एव गण्डकी प्रदेशका संस्थापक अर्थमन्त्रि किरण गुरुङ, नेकपा एमालेका सल्लाहकार परिषद सद्स्य गण्डकी प्रदेशसभा सद्स्य गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष एव प्रतिनिधि सभा सद्स्य मन बहादुर गुरुङ, लोकतान्त्रिक आदिबासि जनजाति महासघ गण्डकी प्रदेश अध्यक्ष सुजन तामाङ, नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य बुद्दिमान गुरुङ, सुर्य लम्साल, काशिमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया