रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २५ वैशाख । रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश फैसला भएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको हो ।
श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट हालेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।
तपाइँको प्रतिक्रिया