बालकृष्ण खाणका निजी सचिव केसी पनि पक्राउ

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेसंगै केसी पनि पक्राउ परेका हुन् । उनलाई जडिबुटीबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसअघि खाँणलाई मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव ९तत्कालीन गृहसचिव० टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।
उक्त घटनामा आरोपित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
तपाइँको प्रतिक्रिया