एमालेले गर्यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं, २७ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।
गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता भएका हुन् । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब पर्दै आएको छ ।
आरोपित रायमाझीलाई भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।
तपाइँको प्रतिक्रिया