आरजु देउवा सिंगापुर भागेको हल्ला गलत भएको सचिवालयको प्रष्टोक्ति

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भागेर सिंगापुर पुगेको हल्ला मात्र भएको पुष्टी भएको छ । प्रधानमन्त्री देउवाका स्वकिय सचिवले दिएको जानकारी अनुसार उनी काठमाडौंमै भएको पुष्टी भएको हो । एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको थियो।
सचिवालयका अनुसार आरजु हिजो अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी थिइन् । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरिन् । त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् ।
कार्यक्रममा सहभागितापछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
तपाइँको प्रतिक्रिया