यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ पक्राउ

खोटाङ, २९ वैशाख । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
राईलाई फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङको भनाइ छ । उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउने लगायत दूराचार गरेको खुलेको छ ।
तपाइँको प्रतिक्रिया