गैँडाकोटमा सम्पन्न नगरस्तरीय प्रथम वडाध्यक्ष भेट्रान फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १० लाई

गैँडाकोट, ३१ वैशाख । गैंडाकोट १० भैसाखोरीमा सम्पन्न नगरस्तरीय प्रथम वडाध्यक्ष भेट्रान फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १० ले हात पारेको छ । सुनगाभा युवाक्लबले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ट्राईबे्रकर पछि पार्दै १० ले उपाधी हात पारेको छ भने वडा नम्बर १३ ले उपविजेतामै चित्त बुझाएको छ । खेलको निर्धारित समयसम्म दुवै टिमले गोल नगरेपछि खेलको निर्णय ट्राईब्रेकरमा धकेलिएको थियो । खेल ६० मिनेटसम्म चलेको थियो ।
प्रतियोगिताको विजेता वडा नम्बर १० ले ट्रफि मेडल र प्रमाणपत्र सहित ५० हजार प्राप्त गर्दा उपविजेता वडा नम्बर १३ ले ट्रफि मेडल र प्रमाणपत्र सहित ३० हजार पाएको छ । प्रतियोगिताको म्याद अफ दि म्याच वडा नम्बर १० कै सुरेशकुमार श्रेष्ठ भएका थिए । उनलाई मायाको चिनोले सम्मान गरिएको थियो । खेलमा अन्य विभिन्न विधामा पनि पुरस्कृत गरिएको छ । जसमा टुनामेन्ट अफ द स्ट्राइगर ऋषि गौतम, बेस्ट किप्पर चित्र केसी र बेस्ट डिफेन्डरमा मणिलाल श्रेष्ठ पुरस्कृत भएका हुन् ।
खेल गत शनिबार देखि सुरु भएको हो । करिब ४० वर्ष भन्दा माथिका खेलाडीहरुको शारिरिक तन्दुस्ती, स्वास्थ्य र मनोरञ्जनलाई एकसाथ आत्मसाथ गर्दै सुरुवात गरिएको खेलमा गैंडाकोट नगरपालिकाका भित्रका १४ वटा टिम सहभागी भएको थियो ।
खेलमा मुख्य आर्थिक सहयोग गैडाकोट वडा नं १० बाट रु १ लाखसँगै टाईम फर्मास्युटिकल्स प्रा.लिबाट दोश्रो पुरस्कारको सौजन्य गरिएको थियो । सेन्ट्रल कलेजले पनि केहि आर्थिक सहयोग गरेका थिए भने बिदेशमा रहेका क्लबका पुराना साथीहरुले पनि खेलमा यथासक्य आर्थिक सहयोग गरेका थिए ।
सुनगाभा युवा क्लब वि.सं. २०५० सालमा स्थापित भएको क्लब हो । यो क्लबको आधिकारिक दर्ता भने २०५५ सालमा भएको हो ।
तपाइँको प्रतिक्रिया