पूर्वसांसद आङतावा शेर्पा सम्पर्कविहिन

काठमाडौं, ३१ बैशाख । । भुटानी शरणार्थीको नाममा ठगी धन्दा चलाउने गिरोहसँग साँठगाँठ देखिएको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पा फरार रहेका छन् ।
प्रकरण ढाकछोपमा संलग्न रहेको भन्दै शेर्पा बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंवाट अनुमति लिईएको छ ।
प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पा माथी थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो ।
तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवार देखी नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।
सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।
तपाइँको प्रतिक्रिया