गैँडाकोटमा आयोजित १३ वर्ष मुनिको फुटसल प्रतियोगितामा राधाकृष्ण टोल बन्यो बिजेता

गैँडाकोट, ३१ वैशाख । नेपाली काँग्रेस वडा कार्यसमिति गैँडाकोट ५ द्वारा आयोजित १३ वर्ष मुनिको फुटसल प्रतियोगितामा राधाकृष्ण टोल बिजेता बनेको छ । राधाकृष्णले मातृभूमि टोललाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो । प्रतियोगितामा राधाकृष्णले ० का विरुद्ध ३ गोल गरेको थियो ।
वडाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
नेपाली काँग्रेस वडा कार्यसमिति गैँडाकोट ५ का वडा सभापति लक्ष्मण कार्कीले वडाका विभिन्न टोलमा आवद्ध ३० जना बालबालिकालाई उत्कृष्ट प्रर्दशनका आधारमा छनौट गरी वडामा परीक्षणका लागि सिफारिस गरिएको बताउनुभयो । विजय सामुदायिक शिक्षा सदनको परिसरमा भएको खेलमा उक्त वडाका विभिन्न १२ टोलका १३ बर्ष मुनिका बालबालिकाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दे नेपाली काँग्रेसका महासमिति सदस्य ओमप्रसाद सापकोटाले खेलले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्ने हुनाले यस्ता कार्यक्रम आजको आवश्यकता रहेको बताउनुभयो ।
प्रतियोगितामा गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने, नेपाली काँग्रेस नवलपुरका जिल्ला सहसचिव राजेश पौडेल, एन्फा प्रदेश सदस्य दुर्गा घिमिरे, गैँडाकोट नगर बाल क्लब अध्यक्ष आस्था घिमिरे, युवा क्लब गैँडाकोट ५ का अध्यक्ष प्रशान्त रेग्मी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया