खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

नवलपुर, ३१ वैशाख ।
लामो समयसम्म वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि नवलपुरमा किसानहरु चिन्तित भएका छन् । जेठ सुरु हुन लाग्दा पनि वर्षा नहुँदा यहाँका किसानले खेतबारीमा रोपेको मकै, चैते धान लगायतका बालीहरु सुक्न थालेको छ । यहाँको मुख्य खाद्यबाली समेत मानीने मकै खेती हुर्किन नपाउँदैै बोट सुक्न थालेपछि किसानहरु चिन्ता गर्न थालेका हुन् ।
जिल्लाका गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिकाका अधिकांश किसानले यहाँ अधिक मात्रामा कमै उत्पादन हुने भएपनि अहिले आकाशे पानी नपर्नु र सिँचाइ सुविधा पनि नभएका कारण बेर्ना सुक्न थालेपछि ठूलो मार परेको बताउछन् । नवलपुरमा सीमित अन्नबाली मात्र नभएर व्यवसायिक रुपमा गरेका तरकारी खेती, बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्र्सी, काँक्रोलगायतका बिरुवा सुकेर किसानलाई जोगाउन मुस्किल हुन थालेको छ ।
‘आकाशबाट पानी आउँदैन खडेरीले खेतबारीमा बाली सुकिसक्यो ’‚ देवचुली नगरपालिका प्रगतिनगरकी कृषक धर्मी भट्टराईले भनिन्‚ ‘जेठ लाग्न लागिसक्यो पानी आउँदैन । कसरी अन्नबाली जोगाउने ? मकैको बोट फेददेखि नै सुक्न थाल्यो ठूलो आश गरेर लगाएको बालीले मारमा पार्ने भयो ’ ।
त्यस्तै कावसोतीका किसान बसुदेव सापकोटा पनि ‘बर्षे खोलाबाट नहरमा ल्याउने पानी बाहेकको बोरिङ्ग लगायतका सिंचाइ सुुविधा नभएका कारण सुुक्दै गएको मकै बाली जोगाउन आकाशे पानीको प्रतीक्षामा बसेको बताउछन्’ ।
त्यस्तै खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र नारायणी नदीको बाहव पनि घट्दै गएको स्थानीयहरु बताउछन् ।
यस वर्ष मौसम विभागका अनुसार तराई क्षेत्रका जिल्लाहरुमा कम पानी पर्ने प्रक्षेपण गरेकाले पनि किसानहरु बढी त्रासीत बनेका छन् ।
तपाइँको प्रतिक्रिया