गैँडाकोटका ५ स्कुलले पाए (आइएसए) अवार्ड, गैँडाकोट ईङलिस स्कुललाई दोस्रोपटक अवार्ड

गैँडाकोट, १२ माघ ।
नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ प्राप्त गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड मंगलबार प्रदान गरेको थियो । नवलपुर र चितवनमै सन् २०१७ मा पहिलोपटक अन्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) प्राप्त गरिसकेको यस विद्यालयले दोश्रोपटक फेरिपनि अवार्ड प्राप्त गर्न सफल भएको हो । यस्तै (आइएसए) अवार्ड गैँडाकोटका अन्य ४ विद्यालयले पनि हात पारेका छन् ।
अवार्ड हात पार्नेमा शाइनिङ आवासिय माध्यमिक विद्यालय, कन्टिनेन्टल इङग्लिस बोडिङ स्कुल, सरस्वती निकेतन बोडिङ स्कुल र स्मल हर्ट एकेडेमी स्कुल रहेका छन् । काउन्सिलले देशभरका २० जिल्लाका १०७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको थियो ।
तपाइँको प्रतिक्रिया