नवलपुरमा सक्रिय संक्रमितको सख्या ५ सय नाघ्यो, बुधबार गैँडाकोटका २८ जनामा संक्रमण

गैँडाकोट, १२ माघ ।
नवलपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सवैभन्दा बढि गैँडाकोट नगरपालिकाका २८ जना रहेका छन् । यस्तै देवचुलिमा ५ जनामा, कावासोतीमा १४ जनामा, विनयी त्रिवेणीमा ३ जनामा, बुलिङटारमा १ जनामा, अन्य निजी अस्पतालमा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । जिल्लामा सक्रिय संक्रमितको सख्या ५ सय ११ पुगेको छ । बुधबार ४२ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रिया