नारायणी इंग्लिस पब्लिक स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

चितवन, १४ माघ । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इंग्लिस पब्लिक स्कुलले ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस विद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो ।
नारायणी इंग्लिस पब्लिक स्कुलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जनाएको हो । शिक्षा विकास मानव श्रोत केन्द्रका प्रमुख चूडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले संयुक्त रुपमा नेपालका विजेता स्कुलहरुको नाम घोषणा गर्नुभएको स्कुलका अध्यक्ष एवं प्रबन्ध निर्देशक राजेश्वर खनालले बताउनुभयो । नेपालका ५३ वटा विद्यालयले यसवर्ष आईएसए पाएको खनालले बताउनुभयो ।
यसका लागि स्कुलले सातवटा परियोजना बनाएर पेश गरेको थियो । जुन परियोजना अन्तर्गत तीन वटा परियोजना छनोटमा परेका थिए । शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार क्रियाकलाप गर्ने विद्यालयहरुलाई यो पुरस्कार दिइने गरिन्छ । आईएसए कार्यक्रमका संयोजक नविन बगालेका अनुसार स्कुलले अफगानिस्थानको विद्यालयसँग समन्वय गरेर अध्ययन गराईएको बताउनुभयो ।
यो पुरस्कार प्राप्त गरिसकेपछि विद्यार्थीहरुले बेलायतमा के कसरी पढाइ भइरहेको छ भन्ने विषयमा ज्ञान लिन पाउने छन् । इन्टरनेस्नल अवार्ड प्राप्त गरेसँगै विद्यार्थीहरुलाई पाठ्यक्रममा विश्वव्यापी विषयवस्तु सम्मिलित गर्ने पद्धति प्रयोगरी पढाइने उहाँले जानकारी दिनुभयो । बेलायतका विद्यायहरुसँग यस स्कुलले सहकार्य गर्ने अवसर प्राप्त गरेको बगालेले बताउनुभयो । यस स्कुलमा प्लस टू तर्फ विज्ञान, कानून, कम्युटर साईन्स, होटल व्यवस्थापन लगाएतका बिषयमा अध्ययन गराई यस स्कुलमा अहिले १ हजार ७ सय बढी विद्यार्थी रहेका छन् ।
तपाइँको प्रतिक्रिया