नवलपुर कोरोना अपडेट : शुक्रबार २१ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर, १४ माघ । नवलपुरमा शुक्रबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा कावासोती नगरपालिकाका ९ जना, गैँडाकोट नगरपालिकाका ५ जना, देवचुलि नगरपालिकाका ३ जना, विनयी दिवेत्री गाँउपालिकाकामा ३ जना र हुप्सेकोट गाँउपालिकामा १ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज निको हुने ७४ जना रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
२४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
तपाइँको प्रतिक्रिया