नवलपुर कोरोना अपडेट : शनिबार २६ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर, १५ माघ । नवलपुरमा शनिबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा कावासोती नगरपालिकाका ९ जना, गैँडाकोट नगरपालिकाका ७ जना, देवचुलि नगरपालिकाका ३ जना, विनयी दिवेत्री गाँउपालिकाकामा ४ जना र हुप्सेकोट गाँउपालिकामा २ जना र अन्य १ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज निको हुने ६६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जना गरी ४९०४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ५ हजार ९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।
तपाइँको प्रतिक्रिया