पृथ्वीजयन्तीको अवसरमा काग्रेसचोकमा दिप प्रज्वलन

गैँडाकोट, २७ पुष ।
गैँडाकोटको काग्रेसचोकमा पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन गरिएको छ । राप्रपा गैँडाकोटका पूूर्व अध्यक्ष गोबर्धन अधिकारीको नेतृत्वमा दिप प्रज्वलन गरिएको हो । मोैलाकालिका मिष्ठान भण्डारका सञ्चालक समेत रहनु भएका अधिकारीले पृथ्वीनारायण शाह सवै नेपालीको भगवान भएको बताउनु भयो । अधिकारीको अध्यक्षतामा गैँडाकोटमा वर्षेनि जन्मजयन्तीको अवसरमा दिपप्रज्वलन हुदै आएको छ । राजा भएमात्र देश सुरक्षित हुने भन्दै अधिकारीले देशमा राजसस्था आउने दावी समेत गर्नु भयो । राजालाई सिध्यायर देशमा विभिन्न पार्टीले उपद्रो मच्याएको अधिकारीको आरोप छ ।
तपाइँको प्रतिक्रिया