सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,१६ माघ। साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँले गिरावट आएर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रिया