नवलपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, आइतबार २ जना संक्रमित थपिए

गैँडाकोट, १६ माघ । नवरपुरमा आइतबार कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा २ जनामात्र संक्रमित थपिएका हुन् ।
शनिबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार जिल्लामा कोरोना संक्रमण मुक्त हुृनेको संख्या २२ रहेको छ ।
यस्तै जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घटेको छ । सक्रिय संक्रमितको संख्या ५ सय कटेको नवलपुरमा आइतबार घटेर ३९० पुगेको हो ।
तपाइँको प्रतिक्रिया