सोमबार गैँडाकोटमा ५३ संक्रमित थपिए

गैँडाकोट, १७ माघ ।
गैँडाकोट नगरपालिकामा सोमबार ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार संक्रमण पुष्टि हुनेमा गैँडाकोट नगरपालिकाका सवैभन्दा बढि देखिएका हुन् । कावासोति नगरपालिकामा ११ जनामा, देवचुलि नगरपालिकामा ५, मध्यविन्दुमा ५ जना, विनयी त्रिवेणीमा ८ जनामा बौदिकालिमा १ र अन्यमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस संगै नवलपुर जिल्लामा सोमबार ८४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको सख्या ३ सय ५१ रहेको छ । निको हुनेको संख्या १ सय २३ जना रहेका छन् ।
तपाइँको प्रतिक्रिया