ISA अवार्ड ल्याउन सहयोग गर्ने सवैलाई शाइनिङ आवासिय मावीले दियो धन्यवाद

गैँडाकोट, १७ माघ ।
आइएसए अवार्डबाट सम्मानब्रटिस काउन्सिल नेपालद्वारा अन्तराष्ट्रिय स्कुल अवार्ड २०२२ बाट सम्मानित भएपछि शाइनिङ आवासिय माध्यमिक विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक र शुभचिन्तक अहोरात्र खटेर नै अवार्ड हासिल गर्न सम्भव भएको भन्दै विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि सबैलाई धन्यवाद व्यक्त गरेको हो ।
सो अवसरमा बोल्दै वरिष्ट साहित्यकार गोविन्द विनोदीले अवार्ड प्राप्त गरि शाइनिङ आवासिय माध्यमिक विद्यालय अमुल्य रत्नको रुपमा स्थापित भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले विद्यालयले प्राप्त गरेको यस प्रतिष्ठालाई कायमै राखेर उत्कृष्ट विद्यालयको रुपमा स्थापित रहिरहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल लक्ष्मी प्रसाद दवाडीले विभिन्न परियोजना र कार्यक्रमहरु गरेर ब्रिटिस काउन्सिलले प्रदान गरेको क्ष्क्ब् अवार्ड प्राप्त गर्न सफल भएको बताउनुभयो । साथै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक अहोरात्र खटेर नै अवार्ड प्राप्त गर्न सफल भएको भन्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया