गैँडाकोट नगरपालिकाले व्यवसायीक रुपमा तरकारी खेती गर्ने कृषकलाई अनुदान दिने

गैँडाकोट, १८ माघ । नवलपुरको गैँडाकोट नगरपालिकाले कृषियोग्य जमिन उपयोग गरि व्यवसायीक रुपमा तरकारी खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । नगरपालिकाले कृषि व्यवसायमा आकर्षण बढाउन र गाउँघरमै रोजगारीको अवसर सिर्जना गर्न कृषकलाई अनुदान दिने भएको हो ।
नगरपालिकाको कृषि शाखाले केहि समय अगाडि सुचना प्रकाशित गरि व्यावसायिक रुपले तरकारी खेती गर्ने कृषकलाई लगानीको ५० प्रतिशत वा ७५ हजार ५ सय रुपैँयासम्म अनुदान प्रदान गरिने उल्लेख गरेको थियो ।
सोही अनुरुप २४ जना कृषकले निवेदन दिएका थिए । नगरपालिका कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले आइतबार निवेदन दिएका २४ जना कृषकलाई अनुदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा कृषकले कम्तीमा ४.५ कठ्ठामा तरकारी खेती गर्नुपर्ने उल्लेख गरिएको छ । साथै सम्झौता भएको मितिले १५ दिनभित्र फर्म स्थापनाको लागत अनुसार कार्य सुरु गरिसक्नुपर्ने अन्यता सम्झौता खारेज हुने सर्त उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया