कोरोना अपडेट : थपिए ५ हजार ५ सय ८३ संक्रमित, ९ को ज्यान गुम्यो

काठमाडौं, १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ। मंगलबार ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ७४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १० हजार ७ सय ७६ पीसीआर तथा ६ हजार ८९८ एन्टिजेन परीक्षण भएको छ।
तपाइँको प्रतिक्रिया