असिनासहित वर्षाको सम्भावना

काठमाडौं, १९ माघ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आइतबारदेखि भने यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए । पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ १९ गते (बुधबार)
दिउँसो ः प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
राती ः प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
२०७८ माघ २० गते (बिहीबार)
दिउँसो ः सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भु–भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।सुदुर–पश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती ः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही भू–भागमा मेघ गर्जन मेघ गर्जन÷चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो ः देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती ः देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १,मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
तपाइँको प्रतिक्रिया