सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं, २० माघ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो ।
बिहीबारका लागि तेजावी सुनको मूल्य तोलामा ९२ हजार २ सय रुपैयाँ पुगेको छ । बुधबार ९२ हजार २ सय रुपैयाँमा छापावाल र ९१ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ प्रतितोला तोकिएको छ । बुधबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
तपाइँको प्रतिक्रिया