झापाको जुत्ता उद्योगमा आगलागी

काठमाडौं, २० माघ । झापाको जुत्ता उद्योगमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका-६स्थित एक उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरू भएको हो।
श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
स्थानीयबासीले जुत्ता फ्याक्ट्रीमा आगलागी सुरू भएलगत्तै निभाउने प्रयास गरेका थिए। स्थानीयबासीले निभाउन नसकेपछि मेचीनगर नगरपालिकाको दमकल र प्रहरीलाई खबर गरेका थिए।
नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले क्षणभरमै आगोले उग्ररूप लिएको स्थानीयबासीले बताएका छन्।
आगलागी भएलगत्तै ७ मिनेट दुरीमा पार्किङ गरिएको दमकल नबिग्रिएको भए आगो तत्काल नियन्त्रणमा आउने स्थानीय भोजराज निरौलाले बताए।
उनले भने, ‘यो नगरपालिकाको चरम लापरबाही हो। आकस्मिक सेवाका बिग्रिएका साधन बनाएर राख्नुपर्छ।’
आगलागीको कारण थाहा हुन सकेको छैन।
तपाइँको प्रतिक्रिया