२४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं, २१ माघ । पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२।९ प्रतिशत रहेको छ ।
तपाइँको प्रतिक्रिया