नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा टिपर र भ्यान ठोक्किँदा आमा छोराको मृत्यु

चितवन, २१ माघ । चितवनमा टिपरमा भ्यान ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपर शुक्रबार बिहान पन्ध्र किलो भन्ने स्थानमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको हो भने एक यात्रुको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।
तपाइँको प्रतिक्रिया